दफा २०
पारिश्रमिक, भत्ता तथा सुविधा बापतको रकम भुक्तानी

पदाधिकारी र सदस्यले यस ऐन बमोजिम पाउने पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापतको रकम संघीय संसदको सचिवालयबाट पाउनेछन्।
तर कुनै पदाधिकारी वा सदस्यले संघीय संसदको सचिवालयको परामर्शमा कुनै बैंकमा खाता खोली आफूले पाउने पारिश्रमिक, भत्ता वा अन्य सुविधा बापतको रकम त्यस्तो खातामा जम्मा गरी दिन लिखित सूचना दिएमा संघीय संसदको सचिवालयले त्यस्तो रकम त्यस्तो खातामा जम्मा गरी दिनेछ ।